खाँदबारी नगरपालिकामा अनिश्चितकालीन तालाबन्दी

पाँच वटा वडाका वडाध्यक्षहरुले संखुवासभा खाँदबारी नगरपालिकामा बुधबार तालाबन्दी गरेका छन् । नगरपालिकाका १, ४, ५, ८, र १० का वडाअध्यक्षहरुले मेयर, उपमेयर र कार्यकारी अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । केन्द्रबाट करिब ३९ करोड रूपैयाँ अनुदान आएपनि नगरपालिकाले वडामा २२ लाख मात्रै विनियोजन गरेको भन्दै ती वडाका अध्यक्षहरु एकसातादेखि आन्दोलित थिए ।