महोत्तरीमा स्थानीय तहको सामूहिक अग्रसरतामा कोभिड अस्पताल

महोत्तरी । कोभिड-१९ सङ्क्रमणको अति जोखिम क्षेत्रमा महोत्तरीका पाँच स्थानीय तहको संयुक्त पहलकदमीमा सुविधायुक्त कोभिड अस्पताल सञ्चालनमा आएको छ । जिल्लाको रामगोपालपुर नगरपालिका–९ पर्सादेवाडस्थित निर्माणाधीन जानकी एकेडेमी अस्पतालको भवनमा पाँच स्थानीय तह र निवर्तमान प्रतिनिधिसभा सदस्यको संयुक्त पहलकदमीमा ५० शय्याको कोभिड अस्पताल बिहीबार सञ्चालनमा ल्याइएको हो । निवर्तमान सांसद डा सुरेन्द्रकुमार यादव तथा रामगोपालपुर, मनरा […]