न्यायिक र विधायन समिति गठनकाे विवादले तिलोत्तमा नगरपालिकाको बजेट पारित भएन

रुपन्देही - न्यायिक समिति र विधायन समिति गठन सम्बन्धी विवाद चर्किएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाको बजेट नै पारित हुन सकेको छैन । बजेट पारित हुननसकेपछि वडा कार्यालयहरुबाट सङ्कलन हुने राजश्व प्रभावित भएको छ। असार १० गते तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरेको थियो । संविधानमा उपमेयरको संयोजकत्वमा न्यायिक समिति बन्ने प्रावधान छ । विधायन समितिमा भने सत्तापक्षको नेतृत्व रहने अभ्यास छ।  तिलोत्तमा नगरपालिकामा उपमेयरमा एमालेकी जागेश्वरीदेवि चौधरी निर्वाचित हुनुभएको थियाे । म...