कीर्तिमानी जितको पर्खाईमा इटाली

एजेन्सी। युरो–२०२० को अन्तिम–१६ मा अस्ट्रियाविरुद्ध खेल्दा इटाली कीर्तिमान जितको खोजीमा हुनेछ। इटाली ३० खेलमा अपराजित छ। जुन इटालीले १९३५ देखि १९३९ को बीचमा बनाएको कीर्तिमानसँग बराबरी हो। आज अस्ट्रियालाई हराए उक्त कीर्तिमान तोडिनेछ। त्यस्तै इटालीले लगातार ११ खेलमा कुनै गोल नखाई विजयी नतिजा निकालेको छ। आज गोल खाएन भने इटालीले १२ खेलसम्म गोल नखाने कीर्तिमानसँग बराबरी गर्नेछ।

सम्बन्धित सामग्री

पोग्बा युभेन्ट्स जाने चर्चा

फ्रान्सेली खेलाडी पाउल पोग्बा यतिबेला इटालियन क्लब युभेन्ट्स जाने चर्चा चलेको छ । सिजनको अन्त्यसँगै प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडसँगको सम्झौता सकिसकेपछि उनले युभेन्ट्स जाने तयारी गरेका हुन् ।यसअघि पनि पोग्बा युभेन्ट्सबाट युनाइटेड कीर्तिमानी मुख्य ८६ मिलियन युरोमा गएका थिए । प्रिमियर लिगमा जम्न नसकेका पोग्बाट अब आफ्नो पुरानै लयमा फर्कन इटाली जाने योजनामा रहेको ‘डेली मेल’ ले जनाएको छ । युभेन्ट्सले पोग्बालाई फ्रि–ट्रान्सफरमा अनुबन्ध गर्ने योजना बनाएको छ । पोग्बाले स

इटालीको विश्व कीर्तिमानी अपराजित यात्रामा स्पेनको पूर्णविराम

इटालीको विश्व कीर्तिमानी ३७ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । सान सिरोमा स्पेनले १० खेलाडीमा सीमित इटालीलाई २–१ गोलले हराउँदै यूईएफए नेसन्स लिगको फाइनलमा स्थान बनाउन सफल भएको हो । योसँगै यूरो २०२० को सेमिफाइनलमा इटालीसँग बेहोरेको हारको बदला लिन पनि स्पेन सफल भएको छ ।म्यानचेस्टर सिटीका फरान टोरेसले खेलको १७ औँ मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । खेलको ४२ औँ मिनेटमा लियोनार्डो बोनुचीले दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएपछि इटाली १० खेलाडीमा सीमित बन्यो । य

कीर्तिमानी खेलमा बेल्जियमलाई पराजित गर्दै इटाली सेमिफाइनलमा

इटाली युरो २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार विहान सम्पन्न क्वार्टरफाइनलको खेलमा बेल्जियमलाई २-१ गोलले पराजित गर्दै इटाली अन्तिम चारमा पुगेको हो।