कोरोना भाइरस (कोभिड १९)का कारण वैदेशिक रोजगारीका क्रममा संयुक्त अरब इमिरेट्स (यूएई) र टर्कीमा रहेका तीन नेपाली श्रमिकले ज्यान गुमाएको जनाइएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार यूएईमा दुई र टर्कीमा एक गरी तीन नेपालीको कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गएको हो ।