जबरजस्ती करणीको अभियोगमा पक्राउ परेका सांसद रावल थप ५ दिन हिरासतमा

कैलाली : जबरजस्ती करणीको अभियोगमा पक्राउ परेका सुदूरपश्चिम प्रदेशका सांसद अक्कल बहादुर रावललाई थप ५ दिन हिरासतमा राख्न अदालतले तेस्रो पटक आदेश दिएको छ। कैलाली जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाको इजलासले आइतवार ५ दिन म्याद थप गरेको हो। प्रहरीले ७ दिन म्याद थप्न माग गरे पनि अदालतले ५ दिनको