मनसुन भित्रिएको साता दिन नहुँदै बाढीपहिरोको वितण्डा : यी ठाउँ अझै छन् जोखिममा

काठमाडौं : यस वर्ष नेपालमा मनसुन भित्रिएको ६ दिन नबित्दै बाढीपहिरोकाे वितण्डा मच्चिएको छ। जसकारण धनजनको ठूलो क्षति भएको छ।मौसम पूर्वानुमान महाशाखाले गत बुधबार कोशी प्रदेश, मधेश प्रदेशको पूर्वी भूभाग, बागमती प्रदेशका अधिकांश भूभाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा मनसुन भित्रिएको जनाएको थियो। मनसुन भित्रिएसँगै अहिले ताप्लेजुङ, पाँचथर र संखुवासभामा बाढी पहिरो जाँदा नागरिकहरूले अकालमै ज्यान गुमाएका छन्। कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तथ्यांकअनुसार कोशी प्रदेशम