सरोकारवालाहरूले नेपालमा सार्वजनिक यातायातमा विद्युतीय गाडीलाई सरकारले महत्त्व नदिएको गुनासो गरेका छन् । नेपाल वातावरण पत्रकार समूहले गरेको अन्तरक्रिया कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाले सरकारले विद्युतीय गाडी भनेर निजी कार लक्षित नीति बनाउने तथा छुट दिने काम गरिरहेको भन्दै सार्वजनिक यातायातमा पनि बिजुली गाडीको प्रयोग बढाउन आग्रह गरेका हुन् । सहरी यातायात विज्ञ प्रशान्त खनालले नेपालमा हुने कार्बन उत्सर्जनको ३६ प्रतिशत हिस्सा यातायात रहेको र त्यसमा पनि बस र ट्रकको हिस्सा धेर