बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता सम्बन्धमा सरकारले छानबिन समित गठन गरेको छ । आन्दोलनरत महिला अधिकारकर्मीसँग सहमतिपछि सरकारले छानबिन समिति गठन गरेको हो । छानबिन समिति गठन भएसँगै आन्दोलनरत पक्षले आन्दोलन स्थगित गरेको छ भने ११ दिनदेखि अनशनरत महिला अधिकारकर्मी रुबी खानले अनशन तोडेकी छन् ।