कोरोनाको उपचारमा प्रयोग हुने औषधी रेमडिसिभिर अस्वभाविक मूल्यमा बेच्दै गर्दा काठमाडौंको महाराजगञ्जबाट एकजना पक्राउ परेका छन् ।
गोर्खा घर भएका रसिक मियाँलाई १ सेटको १ लाख २० हजार रुपैंयामा बेच्दै गर्दा महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले जानकारी दिए ।
सरकारले सो औषधीको मूल्य ५१ सय देखि ६ हजारसम्म तोकेको छ ।
त्रिवि शिक्षण अस्पताल अगाडिको सेवक फर्माका संचालक दस्पक ढकालले सो औषधी बेच्न लगाएको मियाले बयान दिएका छन् । कोरोनाको उपचारमा प्रभावकारी औषधी मान...