एजेन्सी । रुसले युक्रेनविरुद्ध सुरु गरेको युद्धको आज ६ महिना पूरा भएको छ । यो युद्धमा युक्रेन र रुसले मात्रै नभई सारा विश्वले पनि धेरै क्षति बेहोरेको छ । युक्रेन हालसम्म पनि युद्धमा टिकिरहेको छ भने रुसी सेनाले भारी नोक्सानी बेहोरिरहेका छन् । बाँकी विश्व खाद्यान्न अभाव, बढ्दो मुद्रास्फीति, आणविक युद्धको खतरा र यस युद्धबाट उत्पन्न अन्य चुनौतिहरूसँग जुधिरहेको छ। यो युद्ध छिट्टै अन्त्य हुने कुनै संकेत छैन ।