कालीगण्डकीमा सुरु भयो साहसिक खेलकुद प्रतियाेगिता

२८ माघ, पोखरा । गण्डकी प्रदेशलाई साहसिक खेलकुदको गन्तव्य बनाउने उद्देश्यसहित पर्वत र बागलुङकाे संगमस्थल मालढुंगा, कालीगण्डकीमा पहिलाे पटक र्‍याफ्टिङ च्याम्पियनसिप सुरु भएकाे छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा ४ दिनसम्म हुने प्रतियोगिताको पहिलो दिन राष्ट्रिय कायाक सालोलम प्रतियोगिता गरिएकाे परिषदका कार्यालय प्रमुख तोपलाल भुसालले जानकारी दिए । आइतबार भएकाे राष्ट्रिय कायाक सालोलम प्रतियोगितामा […]

सम्बन्धित सामग्री

कालीगण्डकीमा र्‍याफ्टिङ, प्याडल नेपालको वर्चश्व

२९ माघ, पोखरा । पर्वत र बागलुङको सीमाना मालढुंगा कालीगण्डकीमा भइरहेको साहसिक खेलकुद प्रतियोगिताअन्तर्गत राष्ट्रिय र्‍याफ्टिङ प्रतियोगितामा प्यानल नेपालले वर्चश्व कायम राखेको छ । सोमबार भएको प्रतियोगिगतामा प्याडल नेपालले मेन्स स्प्रिन्ट इभेन्ट र मेन्स स्प्रिट हेड टु हेड दुवै विधामा बाजी मारेको हो । प्रतियोगितामा मेन्स स्प्रिन्ट टिम इभेन्टमा प्याडल नेपाल ‘ए’ टिमले जित निकाल्दा […]

एक वर्षभित्र साहसिक खेलकुद प्रतियोगिताको आयोजना गरिनेछ : खेलकुदमन्त्री लिम्बू

काठमाडौँ, २८ असार । युवा तथा खेलकुदमन्त्री डिगबाहदुर लिम्बूले आगामी एक वर्षभित्र अन्तर्राष्ट्रियस्तरको साहसिक खेलको आयोजना गर्ने बताएका छन् । राष्ट्रियसभाको आज बसेको बैठकमा आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकअन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा उनले आगामी एक वर्षभित्र अन्तर्राष्ट्रियस्तरको साहसिक पर्वतीय खेलको आयोजना गर्दै नेपालमा पर्यटन क्षेत्रको विकास गर्ने विश्वास व्यक्त गरे । उनले विद्यालयमा अध्ययनरत […]

अन्तर्राष्ट्रिय हाई अल्टिच्यूड ट्राई एडभेन्चर जेठ ७ गते

प्रधानसेनापति अन्तराष्ट्रिय हाई अल्टिच्यूड ट्राई एडभेन्चर प्रतियोगिता जेठ पहिलो साता आयोजना हुने भएको छ । सेनाले शुक्रबार पत्रकार सम्मेलन गर्दै पहिलो संस्करणको प्रतियोगिता जेठ ७ गते मुस्ताङको जोमसोममा आयोजना हुने जनाएको छ । साहसिक खेलकुद अन्तर्गत क्लाईम्बिङ, दौड र साइक्लिङ समावेश ट्राई एडभेन्चर प्रतियोगितामा १५ नेपाली र १० विदेशी टिमको सहभागिता रहने नेपाली सेनाका सेनानी तथा रेस डिरेक्टर राजिब चन्दले जानकारी गराए । नेपालबाट सहभागी १५ टिम भने छनोट प्रक्रियाबाट सहभागी गराईने छ । एक टोलीमा

प्रधानसेनापति अन्तर्राष्ट्रिय हाई अल्टिच्यूड ट्राई एडभेन्चर जेठमा

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो प्रधानसेनापति अन्तर्राष्ट्रिय हाई अल्टिच्यूड ट्राई एडभेन्चर कम्पिटिसन जेठ पहिलो साता आयोजना हुने भएको छ । आयोजक नेपाली सेनाले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता जेठ ७ गते मुस्ताङको जोमसोममा हुने जानकारी गराएको छ । साहसिक खेलकुद अन्तर्गत क्लाईम्बिङ, दौड र साइक्लिङ समावेश ट्राई एडभेन्चरमा १५ नेपाली टोली र १० […]

साहसिक खेल क्यान्योनिङ आयोजना गर्न मन्त्रालयको प्रस्ताव

गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले साहसिक खेल क्यान्योनिङ प्रतियोगिता आयोजना गर्न पोखरा क्यान्योनिङ प्रालिलाई प्रस्ताव गरेको छ। साहसिक खेलकुद आयोजना गर्ने योजना बनाएको खेलकुद मन्त्रालयले कास्कीको ल्वाङघलेलस्थित क्यान्योनिङ(झरनामा डोरीको सहायताले ओर...

साहसिक पर्यटन प्रवर्द्धनमा व्यवसायीको जोड

कास्की । गण्डकी प्रदेशमा साहसिक खेलकुदको प्रचुर सम्भावना भएकाले यसको विकासमा लाग्नुपर्नेमा पर्यटन व्यवसायी र सरोकारवालाले जोड दिएका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका खेल पर्यटन गर्न उपयुक्त ठाउँको पहिचान गरेर ‘एक जिल्ला : एक साहसिक खेलकुद गतिविधि’ विकास गर्नुपर्ने खाँचो उनीहरूले औंल्याएका छन् । गण्डकीका ११ ओटै जिल्लामा रहेका पर्यटकीय गन्तव्यमा साहसिक खेलकुद गतिविधि सञ्चालन, अन्तरराष्ट्रिय स्तरमा त्यसको प्रचारप्रसार र भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकको बसाइ लम्ब्याएर रोजगारी सृजना गर्नुपर्ने व्यवसायी बताउँछन् । गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्टले मुस्ताङमा हाई अल्टिच्युड स्पोर्टस ट्रेनिङ सेन्टरको निर्माणका गर्ने योजना भए पनि प्रक्रिया लम्बिएकाले काम अघि बढ्न नसकेको बताए । सांसद विष्टले मुस्ताङको ४ हजार ६४५ मिटरको उचाइमा गल्फ सेन्टरको निर्माणका लागि अध्ययन प्रक्रिया अघि बढाइने बताए । यस्तै पोखरालाई केन्द्र बनाएर प्रदेशका जिल्लाहरूमा साहसिक खेलकुद गन्तव्यको रूपमा विकासमा लाग्नुपर्ने उनले बताए । गण्डकीका ११ जिल्लामा फरक फरक विषेशता रहेकाले आन्तरिक तथा बाह्य पर्यटक आगमन बढाउन सरकारले योजनाबद्ध काम गर्नुपर्ने उनले औंल्याए । ‘एउटै प्रदेशमा हिमाल, पहाड र तराईको केही भाग समेटिएकाले यसलाई विषेश योजना बनाएर पर्यटन प्रवद्धन गर्नुपर्छ,’ उनले भने, ‘यसका लागि सरकारले साहसिक पर्यटन विकास लगायत अन्य योजना अगाडि बढाउन आवश्यक छ ।’ गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले ओलम्पिक खेलसँग सम्बन्धित खेल गतिविधिबारे धेरे चर्चा हुने गरेको भए पनि प्रदेशको समृद्धिमा मुख्य भूमिका निर्वाह गर्ने साहसिक खेलकुदबारे ठोस रूपमा चर्चा नभएको बताए । परिषद्ले प्रदेशलाई साहसिक खेलकुदको गन्तव्यको रूपमा स्थापित गर्न सरोकारवाला निकायबीच आवश्यक परामर्श गरिरहेको उनको भनाइ छ । प्रदेशको मुख्य आधार नै पर्यटन भएको भन्दै उनले आन्तरिक तथा बाह्य पर्यटक आगमन बढाउन तीनओटै सरकारले विशेषगरी विभिन्न ठाउँहरूमा साहसिक खेल पर्यटनका पूर्वाधार विकासमा ध्यान दिनुपर्ने उनले बताए । ‘पर्यटन प्रवर्द्धनका लागि दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्छ,’ उनले भने । राष्ट्रिय खेलकुद परिषद्का सदस्य गोविन्दप्रसाद भट्टराईले मुलुकको समृद्धिको प्रमुख आधार दिगो खेलकुद भए पनि राज्यले त्यसबारे नीति निर्माणमा समेत चासो नदिएको टिप्पणी गरे । साहसिक खेलकुदको छाता संस्था नेपाल माउन्टेन स्पोर्टस फेडेरेशनका अध्यक्ष समेत रहेका उनले गण्डकी प्रदेशमा खेल पर्यटनको प्रचुर सम्भावना भएकाले यसको विकासमा सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताए । प्रदेशमा साहसिक पर्यटनसहित अन्य पर्यटकीय गतिविधिलाई योजनाबद्ध रूपमा सञ्चालन गर्न सके यसैबाट आर्थिक समृद्धि हासिल गर्न सकिने धारणा उनको छ । पर्यटनविद् डा. रामजी शर्माले प्रदेशको साहसिक खेलकुदलाई स्थापित गराउन विशेषगरी एयर, वाटर, सर्फेस र अल्पाइन स्पोटर््समा ध्यान दिनुपर्ने बताए । खेलकुद आफैमा पर्यटनको क्षेत्र भए पनि यसको पूर्वाधार विकास र प्रचारप्रसारको खाँचो उनले औंल्याए । प्रदेशका हरेक जिल्लामा साहसिक खेलकुदको गन्तव्यको पहिचान गर्नुपर्ने भन्दै उनले त्यसको ब्राण्डिङ गर्न सरोकारवाला र राज्य लाग्नुपर्ने बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले समग्र प्रदेशमा साहसिक पर्यटनको दिगो विकासका लागि स्पोर्टस भिलेजको अवधारणा अनुसार अघि बढ्नुपर्ने बताए । पर्यटकको बसाइ लम्ब्याउन समेत साहसिक खेलकुदले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै उनले यसका लागि पर्याप्त बजेट र आवश्यक योजनासहित बढ्नुपर्नेमा जोड दिए । ‘गण्डकी प्रदेश पर्यटकीय हिसाबले महत्त्वपूर्ण ठाउँ हो । यहाँ साहसिकदेखि अन्य पर्यटकीय सम्भावना छन्,’ उनले भने, ‘सरकार, सरोकारवाला निकायबीचको समन्वयमा पर्यटकीय गतिविधि र साहसिक खेल पर्यटनको विकास गर्नुपर्छ ।

गण्डकी प्रदेशमा साहसिक पर्यटन : एक जिल्ला, एक साहसिक खेल गतिविधि

पोखरा । पर्यटन व्यवसायी र सरोकारवालाहरूले गण्डकी प्रदेशमा साहसिक खेलकुदको प्रचुर सम्भावना भएकाले यसको विकासमा लाग्नुपर्ने बताएका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका खेल पर्यटनका उपयुक्त ठाउँ पहिचान गरेर प्रदेशलाई एक जिल्ला, एक साहसिक खेलकुद गन्तव्यको रुपमा विकास गर्नुपर्ने उनीहरुको भनाइ छ ।गण्डकीका ११ वटै जिल्लामा रहेका पर्यटकीय गन्तव्यलाई साहसिक खेलकुदमार्फत अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकको बसाई लम्ब्याएर रोजगारी सिर्जना गर्नुपर्ने व्यवसायीको धारणा छ । प्रदेशल

साहसिक खेलकुद: सरकारले अग्रसरता देखाइदिए पुग्छ

‘सरकारले अग्रसरता देखाइदिए पुग्छ। सरकारले उचित ध्यान दिने हो भने नेपाल विश्वमै लोकप्रिय साहसिक तथा विशिष्ट खेलको केन्द्रबिन्दु बन्नुका साथै राष्ट्रिय प्रतिष्ठान, पहुँच र पदकको पनि प्रचुर सम्भमावना रहेको छ।’

मनाङमा हाई अल्टिच्युड मैदान

काठमाडौं । हिमालपारिको जिल्ला मनाङमा साहसिक खेलकुद पर्यटन (हाई अल्टिच्युड) खेल मैदान निर्माण कार्यले तीव्रता पाएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले चामे गाउँपालिका–१ तिमाङ मनाङमा हाई अल्टिच्युड खेल मैदानको निर्माणले तीव्रता पाएको हो । जहाँ अहिलेसम्म १ करोड ६३ लाखभन्दा बढी खर्च भइसकेको छ । जिल्ला खेलकुद विकास समिति मनाङका प्रमुख दुधबहादुर गुरुङका अनुसार …

एक वर्षभित्र साहसिक खेलकुद प्रतियोगिताको आयोजना गरिनेछ : खेलकुदमन्त्री लिम्बू

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले आगामी एक वर्षभित्र अन्तर्राष्ट्रियस्तरको साहसिक खेलको आयोजना गर्ने बताउनुभएको छ ।