काठमाण्डाै – नेपाल र भारत सरकारका सहसचिवस्तरीय बैठक सुरु भएको छ । बुधवारदेखि काठमाण्डाैमा दुई देशबीचका सहसचिवहरूको दुई दिने बैठक सुरु भएको हो ।
बैठकमा पञ्चेश्वर बहुउद्देशीय परियोजना, टनकपुर ब्यारेज अगाडिको हेड रेगुलेटर र लिङ्क नहरको ओडाल टाई, नेपाल–भारत सीमा टनकपुर–महेन्द्रनगर जोड्ने सडक निर्माण, चाँदनी–दोधारा क्षेत्रमा सिँचाइको पानी छोड्नेबारे, सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजना र सुनकोसी भण्डारण सह–डाइभर्सन योजनाका बारेमा छलफल हुनेछ । त्यस्तै कोसी र गण्डक आयोजनासँग सम्बन्धित मुद्...