मनाङमा ५० प्रतिशत मात्रै पुस्तक आइपुग्यो

मनाङ । यस वर्षको शैक्षिक सत्र सुरु भएको तीन हप्ता बढी भएको छ । तर सामुदायिक विद्यालयका विद्यार्थीको हात हातमा पाठ्यक्रमअनुसारका सबै पुस्तक पुग्न सकेको छैन । विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पुस्तक छपाइ एवं वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समयमै छपाइ तथा वितरण गर्न नसक्दा देशभर सबै पुस्तक […]

सम्बन्धित सामग्री

किन घट्यो शेयरबजार ?

काठमाडौं । पछिल्लो ५ दिन लगातार शेयरबजार घटेको छ । पाँच कारोबार दिनमा नेप्से परिसूचक ८८ दशमलव ९५ अंक घटेर आइतवार १ हजार ९३८ दशमलव २५ विन्दुमा आइपुगेको छ । पछिल्लो समय नेपाली राजनीतिमा केही अस्थिरता छ । गठबन्धन सरकारबाट नेकपा (एमाले) बाहिरिएको छ । लगानीकर्ताले मन पराएका भनिएका अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि सरकारबाट बाहिरिएका छन् । यो बेला शेयरबजार राजनीतिक अस्थिरताले घटेको हो त भन्ने प्रश्नहरू आइरहेका छन् । राजनीतिक प्रभाव शेयरबजारमा क्षणिक मात्रै पर्ने जानकार बताउँछन् । पछिल्लो समय वित्तीय प्रणालीमा तरलता सहज भए पनि कर्जाको ब्याजदर चर्को छ । यसले गर्दा बजार छोटो समयमै १ हजार ८६७ बाट २ हजार २७७ सम्म पुगेर फर्किएको छ । यसबीचमा ट्रेडरले राम्रै प्रतिफल हात परे । टे«डरले बजार घटेर तल्लो विन्दुमा आएपछि मात्रै लगानी बढाउँछन् । गत पुस १० गते प्रधानमन्त्रीमा पुष्पकमल दाहाल र अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल नियुक्त भएका थिए । त्यसको भोलिपल्ट पुस ११ गते बजार ५६ दशमलव ८८ अंक बढेर १ हजार ९२४ दशमलव शून्य ९ विन्दुमा बन्द भएको थियो । त्यसपछि बजार २ हजार २७७ विन्दुसम्म पुग्यो । नयाँ सरकार गठनअघि नेप्से १ हजार ८६७ विन्दुमा थियो । तर, नयाँ सरकारले विश्वासको मत पाएको दिनबाटै शेयरबजार नकारात्मक बन्यो । पुस २६ गते नयाँ सरकारले विश्वासको मत लिएको दिन २ हजार २७७ अंकसम्म उक्लिसकेको नेप्से २१ अंक घट्यो । त्यसको पर्सिपल्ट पुस २८ गते ४१ अंक घटेकोे थियो । दाहालको नेतृत्वमा एमालेसहितको सरकार केही समय चल्ने अपेक्षा गरेका लगानीकर्ताले नेपाली कांग्रेसले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि सत्ता गठबन्धन लामो समय नटिक्ने चाल पाइसकेका थिए । त्यसपछि २ दिनमै बजार ६२ अंक घटेर २ हजार १४९ दशमलव ३९ विन्दुमा आइपुग्यो । माघ महीनाका लागि बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्ने हल्ला थियो तर निक्षेपको ब्याज केही घटे पनि कर्जाको ब्याजदर यथावत् रह्यो । त्यपछि बजार माग र आपूर्तिका आधारमा केही दिन बढ्दै घट्दै आफ्नो बाटोमा हिँडिरह्यो ।   माघ २३ गते राष्ट्र बैंकले मुलुकको अर्थतन्त्रको ताजा अवस्था सार्वजनिक गरेको थियो । उक्त तथ्यांकले शोधनान्तर अवस्था, विदेशी मुद्रा सञ्चिति, रेमिट्यान्स आप्रवाहलगायत सूचकहरूमा महत्त्वपूर्ण सुधार भएको देखायो । त्यसको भोलिपल्ट बजार ७६ अंक बढेको थियो । त्यसपछि माघ २७ गते सार्वजनिक भएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा पूँजी बजारका विषय केही पनि नसमेटिएपछि बजार निरन्तर पाँच दिन घटेको थियो । त्यो ५ दिनमा बजार १३६ अंकले घटेको थियो । यसका साथै नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरूलाई १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्दा ५० प्रतिशत साधारण जगेडा कोषमा, ३५ प्रतिशत ग्राहक संरक्षण कोषमा र १० प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । यसरी थप लाभांश दिने रकमको ९५ प्रतिशतसम्म कोषमा राख्नुपर्ने भएपछि लघुवित्त कम्पनीका शेयर विक्रीमा चाप पर्दा समग्र बजार घट्न पुगेको थियो । केही दिनअगाडि मात्रै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बजार पुनः ओरालो लाग्न थालेको छ । यतिबेला लगानीकर्ताले रुचाएका अर्थमन्त्री विष्णुप्रसाद पनि सरकारबाट बाहिरिएका छन् । पछिल्लो दुईओटा बुलिश ट्रेन्डमा अर्थ मन्त्रालयको नेतृत्व गरेको एमाले र अर्थमन्त्रीबाट विष्णु पौडेल गुमाउँदा शेयरबजारमा लगानीकर्ताको मनोबल गिरेको विश्लेषक बताउँछन् । यसरी हेर्दा राजनीतिक घटनाक्रमभन्दा नीतिगत घटनाक्रमले शेयरबजारमा बढी प्रभाव पारेको देखिन्छ । पछिल्लो ५ कारोबार दिनमा नेप्से परिसूचक ८८ दशमलव ९४ अंक घटेको छ । पुस मसान्तपछि शेयरबजारको अफसिजन हुने हुनाले पनि बजार घटेको अधिवक्ता तथा धितोपत्रविज्ञ ज्योति दहाल बताउँछन् । उनका अनुसार राजनीतिक प्रभाव पनि थोरै मात्रामा परेको हुन सक्छ । ‘राजनीतिभन्दा पनि व्यक्ति केन्द्रित भएर यो व्यक्ति आए बजार बढ्छ या घट्छ भनेर व्याख्या गरिएको छ,’ उनले भने, ‘खासमा नीतिगत कुराले असर गर्छ जस्तो लाग्छ, शेयर कहिले बढ्नु कहिले घट्नुलाई सामान्य लिन्छु ।’ इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियारका अनुसार नेपाली शेयरबजारमा राजनीतिको ठूलो प्रभाव हुन्छ । ‘एमाले माओवादीको सरकार बन्यो । अर्थमन्त्री, प्रधानमन्त्री र गभर्नर तीनै जना बसेर हामी शेयरबजारका लागि राम्रो गर्छौं, सबै इन्डिकेटर राम्रा छन् भनेका थिए । त्यसपछि लगानीकर्ताले लगानी बढाए । त्यसपछि बजार पनि बढ्यो,’ उनले आर्थिक अभियानसँग भने, ‘अझै बजारले ह्याट्रिक गर्छ भन्ने अपेक्षा थियो । तर, अर्थमन्त्री सरकारबाट बाहिरिए र नियामक निकाय राष्ट्र बैंकले लघुवित्त कम्पनीहरूलाई लाभांशमा केही कडाइ गर्‍यो । यी कारणले बजार प्रभावित भएको हो ।’

शैक्षिक शत्र शुरु भएको ३ महीना पछि मनाङमा आइपुग्यो ५०% पुस्तक

जेठ १९, मनाङ । यस वर्षको शैक्षिक शत्र शुरु भएको तीन हप्ता बढी भएको छ । तर सामुदायिक विद्यालयका विद्यार्थीको हातहातमा पाठ्यक्रमअनुसारका सबै पुस्तक पुग्न सकेको छैन ।  विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पुस्तक छपाइ एवम् वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समयमै छपाइ तथा वितरण गर्न नसक्दा देशभर पुस्तक अभाव भएको हो ।  हिमाली जिल्ला मनाङमा शैक्षिक शत्र शुरु भएको तीन साता बढी हुँदा ५० प्रतिशत मात्रै पुस्तक आइपुगेको शिक्षा विकास तथा समन्वय एकाई मनाङका प्रमुख मतिलाल चपाईंले जानकारी दिए । ‘जिल्लामा आवश्यक पुस्तक समयमा आउनै मुस्किल छ, विगतमा जस्तो जिल्लाका माथिल्लो मनाङ र तल्लो मनाङमा फरक–फरक गरी शैक्षिक शत्र शुरु हुने भए पनि यसवर्ष एक साथ सञ्चालन गरिएको छ । पुस्तक अभावले भने पठनपाठनमा समस्या सिर्जना भएको छ,’ चपाईंले भने ।  जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समयमा नै सबै पुस्तक छपाइ भ्याएर प्रत्येक जिल्लामा आउनुपर्ने भए पनि समयमा पूरा नगर्दा त्यसको असर प्रत्यक्ष रुपमा बालबालिकाको भविष्यमाथि परेको उनी बताउँछन् ।  ‘सबै विद्यार्थी एउटै श्रेणीका हुँदैनन् । केहीलाई पुस्तकबिना बुझाउनै मुस्किल छ । तर, पुस्तक अभावले बालबालिकाको शिक्षण सिकाइमा असर परेको छ,’ उनले भने, ‘तेस्रो हप्ता बढी भइसक्दा बल्ल ५० प्रतिशत पुस्तक जिल्लामा आइपुगेको छ । पूरै आउन अझै समय लाग्ने अवस्था देखिएको छ ।’ सरकारले कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा निजी क्षेत्रलाई दिएपछि जनक शिक्षाले कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक छाप्दै आएको छ ।  जनक शिक्षाले अझै ३३ लाख थान पुस्तक छाप्नै बाँकी रहेको जानकारी दिएको छ । चालू शैक्षिक शत्रका लागि आवश्यक एक करोड ९८ लाख थान पुस्तक छाप्नुपर्नेमा अहिलेसम्म एक करोड ६५ लाख थान मात्रै पुस्तक छापिएको केन्द्रले जानकारी दिएको छ ।  जनक शिक्षाले विद्यालय तहको ८५ प्रतिशत पुस्तक छपाइ सम्पन्न गरेको र १५ प्रतिशत छपाइ भइरहेको जानकारी दिएको छ ।  यस वर्षको शैक्षिक शत्रलाई जनक शिक्षाले एक करोड ९८ लाख थान पुस्तक छाप्नु पर्ने हो । अहिलेसम्म एक करोड ६५ लाख थान पुस्तक छपाइ सम्पन्न भएर वितरण गरेको जनाउँदै आएको छ ।  बाँकी पुस्तक असार पहिलो हप्तासम्म छपाइ सक्ने र अबको एक महीनाभित्र नै विद्यार्थीको हातहातमा पुस्तक पु¥याउने जनक शिक्षाले जानकारी दिएको छ ।  केन्द्र बिक्रेतामार्फत ७७ ओटै जिल्लामा पुस्तक वितरण सुरु गरिसकेको जनाएको छ । काठमाडौं उपत्यकाभन्दा बाहिर हिमाली तथा पहाडी जिल्लालाई प्राथमिकतामा राखेर पुस्तक वितरण गरेको बताउँदै आएको छ । बाहिरी जिल्लामा अपुग भएको पुस्तक दैनिक एक÷दुई ट्रक पठाइरहेको पनि जानकारी दिएको छ ।  सबै पुस्तक जिल्लामा आइनपुगेको र केही थान आएकाले पठनपाठनलाई विभिन्न माध्यमबाट विद्यार्थीलाई पठनपाठनमा सहज बनाउने प्रयासमा लागिरहेको लोकप्रिय माध्यमिक विद्यालय चामेका प्रधानाध्यापक कृष्णदास कोइरालाले बताए । विद्यालय आए पनि पुस्तक सबै विषयका पुस्तक आइनपुग्दा पठनपाठनमा सकस भएको कोइरालाले बताए ।  उनका अनुसार पुस्तकका पाठ डाउनलोड गरी सम्भव भएसम्म विद्यार्थीलाई ‘हेन्सआउट’ दिएर पठनपाठन हुँदै आएको छ । ‘टपिक्स डाउनलोड गर्ने र फोटोकपि गरेर पठनपाठनलाई अगाडि बढाएका छौँ, महाविपत्तिले त्रास नै त्रासमा पठनपाठन गराइरहेको अवस्थामा पाठ्पुस्तकको अभावले समस्या थपिएको छ,’ कोइरालाले भने ।  लोकप्रिय माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छात्रा सरिता गुरुङ पाठ्यपुस्तक नपाउँदा पुस्तक हेरेर होमवर्क गर्न समस्या भएको बताउँछन् । शिक्षकले सिकाएका सबै दिमागमा लिन नसकेको अवस्थामा किताब हेर्न नपाएर सिके पनि सहज भने नभएको उनी बताउँछन् ।  ‘हाम्रो त किताब हेरेर पढ्ने बानी छ नि १ किताब हेर्ने बानीले किताबबिना त पढेको र बुझेको जस्तो नै लाग्दैन । केही किताब आएको छ । अब विस्तारै सजिलो बन्छ होला’ उनले भने । उनका अनुसार शिक्षकले दिएका गृहकार्य गर्ने क्रममा पुस्तक हेर्न नपाउँदा समस्या हुन्छ । रासस

मनाङमा ५० प्रतिशत पुस्तक आइपुग्यो

यस वर्षको शैक्षिक सत्र सुरु भएको तीन हप्ता बढी भएको छ । तर सामुदायिक विद्यालयका विद्यार्थीको हातहातमा पाठ्यक्रमअनुसारका सबै पुस्तक पुग्न सकेको छैन । विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पुस्तक छपाइ एवं वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समयमै छपाइ तथा वितरण गर्न नसक्दा देशभर पुस्तक अभाव भएको हो । हिमाली जिल्ला मनाङमा शैक्षिक सत्र सुरु भएको तीन साता बढी हुँदा ५० प्रतिशत मात्रै पुस्तक आइपुगेको शिक्षा विकास तथा समन्वय एकाई मनाङका प्रमुख मतिलाल चपाईंले जानकारी

मनाङमा ५० प्रतिशत पुस्तक आइपुग्यो

मनाङ, १९ जेठ । यस वर्षको शैक्षिक सत्र सुरु भएको तीन हप्ता बढी भएको छ । तर सामुदायिक विद्यालयका विद्यार्थीको हातहातमा पाठ्यक्रमअनुसारका सबै पुस्तक पुग्न सकेको छैन । विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पुस्तक छपाइ एवं् वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समयमै छपाइ तथा वितरण गर्न नसक्दा देशभर पुस्तक […]

मनाङमा ५० प्रतिशत पाठ्यपुस्तक आइपुग्यो

यस वर्षको शैक्षिक सत्र सुरु भएको तीन हप्ता बढी भएको छ । तर सामुदायिक विद्यालयका विद्यार्थीको हातहातमा पाठ्यक्रमअनुसारका सबै पुस्तक पुग्न सकेको छैन । विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पुस्तक छपाइ एवं् वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समयमै छपाइ तथा वितरण गर्न नसक्दा देशभर पुस्तक अभाव भएको हो । …

मनाङमा आइपुग्यो ५० प्रतिशत पुस्तक

१९ जेठ, मनाङ। यसवर्षको शैक्षिक सत्र सुरु भएको तीन हप्ता बढी भएको छ । तर सामुदायिक विद्यालयका विद्यार्थीको हातहातमा पाठ्यक्रमअनुसारका सबै पुस्तक पुग्न सकेको छैन । विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पुस्तक छपाइ एवं् वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समयमै छपाइ तथा वितरण गर्न नसक्दा देशभर सबै पुस्तक अभाव […]