बुटवल । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले देशलाई स्थिरता दिन र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न संसद्मा अविश्वासको प्रस्ताव पेश गर्न पार्टीले ढिलाई गर्न नहुनेमा जोड दिएका छन् । रिपोर्टर्स क्लव नेपाल लुम्विनी प्रदेशले शनिवार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा वोल्दै, नेता पौडेलले अविश्वासको प्रस्ताव पेश गर्न जति ढिलाई गरिन्छ, त्यति नै देशमा थप संकट आउने बताए ।नेता पौडेलले नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने पनि बताए