नारायणगढ गोन्द्राङ्ग सडक विस्तार : ४५ करोडको काम बाँकी नै, बजेट अभाव

२, मंसिर, चितवन । ठेक्का म्याद सकिन केही साता मात्रै बाँकी रहँदा चितवनको मुख्य बजार क्षेत्र नारायणगढदेखि गोन्द्राङसम्म ६ लेनमा विस्तारमा बजेट अभाव भएको छ । चालु आर्थिक वर्षमा सडक विस्तारका लागि विनियोजन गरिएको पाँच करोड बराबरको काम गरेर ठेकेदार कम्पनीले भुक्तानीसमेत लिइसकेपछि थप बजेट सरकारले दिएको छैन । बजेट नै नभएपछि तोकिएको म्याद २०८० […]

सम्बन्धित सामग्री

बजेट अभावले थिचियो जापानको सहयोग नस्वीकारिएको परियोजना

१० असार, काठमाडौं । वैदेशिक सहायता दिन इच्छुक रहेको जापान सरकारलाई पन्छाएर सरकारकै लगानीमा बनाउन थालिएको सूर्यविनायक–धुलिखेल सडक विस्तार परियोजना सुरुमै आर्थिक समस्यामा रुमल्लिएको छ । गत मंसिर र पुसमा यो राजमार्ग विस्तारका लागि २ वटा प्याकेजमा ठेक्का लागेको थियो । तर, आयोजनामा अहिले भएकै कामको भुक्तानी दिन बजेट अभाव झेलिहरेको छ । यसै आर्थिक […]

नारायणगढ–बुटवल सडक विस्तार : क्षेत्राधिकारभित्रका संरचना हटाइँदै

नवलपुर । नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि सडक क्षेत्राधिकारभित्रका संरचना हटाउन थालिएको छ । सडक विस्तारमा भएका अवरोध हटाउने काम शुरू गरिएको नारायणगढ–बुटवल सडक आयोजना (पूर्वी खण्ड)ले जानकारी दिएको छ ।      आयोजना प्रमुख रमेशकुमार दिष्टीले सडक विस्तारमा अवरोध पुर्‍याएका बिजुलीको पोल, खानेपानीको पाइपलगायत संरचना हटाउन शुरू भएको जानकारी दिए । ‘बिजुलीको पोल सडक मापदण्डभित्र पर्दा सडक विस्तारमा समस्या उत्पन्न भएको थियो,’ आयोजना प्रमुख दिष्टीले भने, ‘योजनाले आफ्नै खर्चमा बिजुलीको पोल हटाउन शुरू गरेको छ ।’ सडक विस्तारका लागि ड्रेनेज खन्ने बेलामा खानेपानीको पाइपसमेत मापदण्डभित्र परेका कारण हटाउन थालिएको उनको भनाइ छ । ‘एक वर्ष अघिदेखि नेपाल विद्युत् प्राधिकरणलाई बिजुलीको पोल हटाउन आग्रह गरेका थियौं, तर उहाँहरूले बजेट अभाव भएको भन्दै पोल हटाउन चासो दिनुभएन,’ उनले भने, ‘अहिले हाम्रै खर्चमा कावासोतीबाट बिजुलीको पोल हटाउँदै छौं, चाँडै हटाएर सकिन्छ ।’ बिजुलीको पोल नहटाउँदा सडक विस्तारमा समस्या देखिएको थियो । सडक विस्तारमा देखिएका सबै अवरोध हटाएर यसै वर्ष १० किमी सडक कालोपत्र गर्ने गरी काम अगाडि बढेको उनले बताए । ‘निर्माण पक्षले यस वर्ष १० किमी सडक कालोपत्र गर्नेगरी काम अगाडि बढाएको छ,’ आयोजना प्रमुख दिष्टीले भने, ‘यसका लागि सडक विस्तार हुने क्षेत्रमा माटो भर्ने, नाली खन्ने, ग्राभेल बिच्छ्याउने सबै काम सकिएको छ ।’ पछिल्लो समय सडक विस्तारको कामले गति लिएको उनले बताए । नयाँ पुल निर्माणका लागि डाइभर्सन गरिएको स्थानबाहेक अन्य ठाउँमा भत्किएको सडकसमेत मर्मतकोे काम भइरहेको उनको भनाइ छ । सडक विस्तारका क्रममा पूर्वी खण्डमा करिब ९० प्रतिशत रूख कटान भइसकेको आयोजनाले बताएको छ । ‘सडक विस्तारका लागि करिब ३७ हजार रूख काट्दै छौं,’ उनले भने, ‘अहिलेसम्म ३५ हजार रूख काटिएको छ ।’ सो सडक विस्तारको काम पूर्वी खण्डमा करिब १० प्रतिशत पूरा भएको आयोजनाले बताएको छ । सडक विस्तारको ठेक्का पाएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्शन इञ्जिनियरिङ कर्पाेरेशनको साइट प्रमुख फेरिएपछि कामले गति लिएको आयोजना प्रमुख दिष्टीले बताए । सडक विस्तारका क्रममा हालसम्म ३५ करोड ७५ लाख रुपैयाँ पूँजीगत खर्च भएको आयोजनाले बताएको छ । सो खण्डको अनुमानित लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार रुपैयाँ रहेको छ । अहिले दुई लेन रहेको पूर्व–पश्चिम राजमार्गअन्तर्गत सो सडकखण्डलाई विस्तार गर्दै चार लेनको बनाउन लागिएको हो । एशियाली राजमार्गको गुणस्तर मापदण्डमा बन्ने सो सडकको काम शुरू भएको करिब ३५ महिना पुगेको छ । निर्माण शुरू भएको ४२ महिनाभित्र काम सम्पन्न गर्नेगरी २०७५ माघ २४ गते सम्झौता भएर काम थालिएको थियो । सो सडकखण्ड करिब ५८ वर्षपछि विस्तार गरेर चार लेनको निर्माण गर्ने गरी काम भइरहेको छ । चार लेनमा विस्तार हुने नारायणगढ–बुटवल सडकका दुई–दुई लेनको बीचमा ‘ग्रीनरी’सहितको सडक निर्माण हुनेछ । तीन मिटरको बीच भागमा बिरुवा लगाइनेछ । हाल रहेको दुई लेनको सडक विस्तारपछि दुईतर्फ सात/सात मिटरको हुनेछ । बजार क्षेत्रमा छ÷छ मिटरको ‘सर्भिस लेन’समेत निर्माण गरिनेछ । बजार क्षेत्रको १७।६ किमी सडकमा अतिरिक्त सर्भिस लेन निर्माण हुनेछ । रासस