काठमाडौं । लुम्बिनी प्रदेशका एमाले सांसद दूगनारायण पाण्डेले आइतबार अकस्मात राजीनामा दिएका छन् । वर्तमान राजनीतिक परिस्थितिलाई नियालेर आफुले सांसद पदबाट राजीनामा दिएको पाण्डेको राजीनामा पत्रमा उल्लेख छ । उनको राजीनामापत्रमा भनिएको छ, ‘ प्रस्तुत सम्वन्धमा म दूगनारायण पाण्डेय कपिलबस्तु निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट नेकपा एमालेबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएकोमा हालको राजनीतिक परिस्थिति नियाल्दै आजको मितिबाट लागु हुनेगरी प्रदेश सभा सदस्य पदबाट राजीनामा पेश गरेको छु ।’&nb