एमाले बैठक सम्पन्न, पाँचबुँदे सङ्गठनात्मक प्रस्ताव पारित

रासस। नेकपा (एमाले)को केन्द्रीय कमिटीको १३औँ बैठक सम्पन्न भएको छ। आजको बैठक पार्टीको साङ्गठनिक कामकारबाहीको विषयमा केन्द्रित भएको एमालेले जनाएको छ। बैठकमा पार्टी महासचिव ईश्वर पोखरेलले पाँचबुँदे साङ्गठनिक योजना पेश गरेका थिए। बैठकले महासचिव पोखरेलले पेश गरेको साङ्गठिन योजना पारित गरेको छ। जसअन्तर्गत असार मसान्तसम्म पार्टी सदस्यता नवीकरण गराइसक्नुपर्ने, साउन ५ गतेभित्र त्यसको अभिलेख राख्नुपर्ने लगायतका प्रस्ताव पेश भएको छ।

सम्बन्धित सामग्री

२२ बुँदे प्रस्ताव पारित गर्दै एमाले बैठक सम्पन्न

काठमाडाैं – बाइस बुँदे समसामयिक प्रस्ताव पारित गर्दै नेकपा (एमाले) केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक आज सम्पन्न भएको छ । यही फागुन ८ गतेदेखि चलेको उक्त बैठकले वर्तमान सरकारले जनजीवनका सवाललाई सम्बोधन गर्न नसकेको भन्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, संविधानको प्रभावकारी कार्यान्वयन, विकास र समृद्धिका लागि संसद् र सडकबाट जनतालाई अनुभूति हुने गरी भूमिका निर्वाह […]

एमाले बैठक सम्पन्न, फैसलाबारे अनाैपचारिक छलफल

नेकपा एमाले स्थायी कमिटीको बैठकमा सर्वोच्च अदालतले सोमबार गरेको फैसलाका सम्बन्धमा अनौपचारिक छलफल गरिएको एमाले पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताउनुभएको छ । आज दिउँसोदेखि बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा उपलब्ध सदस्यहरुसँग समसामयिक एवम् राजनीतिक विषयमा छलफल भएको उहाँले जानकारी दिनुभएको छ ।

यी ११ प्रस्ताव पारित गर्दै सकियो एमाले बैठक [सूचीसहित]

विभिन्न ४ वटा निर्णय र ११ वटा प्रस्ताव पारित गर्दै सत्तारुढ नेकपा एमाले महाधिवेशन आयोजक कमिटी बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको बैठकले विभिन्न ११ वटा प्रस्ताव पारित गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकपछि प्रवक्ता ज्ञवालीले दिएको जानकारी अनुसार यस्ता छन्, प्रस्ताव :१....