काभ्रे : काभ्रे क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी सूर्यमान दोङ (लालध्वज)ले कार्यालयका प्रमुखहरूसँग भेटघाट तीव्र पारेका छन्।दोङले आफ्नो कार्यक्षेत्रका सबै सडक बाह्रै महिना चल्ने गरी निर्माण गर्न आवश्यक कार्यक्रम र बजेट व्यवस्थापनबारे छलफल गरेका छन्। छलफलका क्रममा खोपसी–ताल्ढुंगा सडक खण्डको काम गर्नुपर्नेमा जोड दिए।दोङले काभ्रेलाई धार्मिक पर्यटनको रूपमा विकास गर्ने आफ्नो योजना रहेको बताए। उनले जनकपुरदेखि सर्लाहीको बागमती गाउँपालिका, हेटौँडासँगै काभ्रेको खानीखोला र बेथानचोक गाउँपाल