इनिसिएटर अर्थात् पहलकर्ता

 झण्डै २ लाख वर्षअगाडि अफ्रिकाबाट मानव जातिको विकास शृङ्खला सुरु हुन्छ । यो दुई लाख वर्षमा मानिस अफ्रिका हुँदै विश्वका प्रायः ठाउँमा मात्र पुगेन समुन्द्रमुनि हाई–वे निर्माण गर्नेदेखि मङ्गल ग्रहमा रकेट अवतरण गर्न सफल भइसकेको छ । २१ औँ शताब्दीमा विज्ञान र प्रविधिको विकासले दुनियाँ अब आर्टिफिसियल इन्टेलिजेन्स् (एआई) को व्यापक प्रयोगउन्मुख छ । विश्व मानव जाति यो अवस्थामा आइपुग्दा नेपालको भने किन विकास हुन सकेन ? अर्थात् हामीले चाहेको समृद्धि किन प्राप्त गर्न सकेनौँ ? यो गम्भीर प्रश्नको जब