काठमाडौँ। बेरोजगार युवायुवतीलाई विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दमक नगरपालिका ३‚ झापा घर भई अहिले बूढानीलकण्ठ नगरपालिका ३‚ काठमाडौँ बस्ने ३० वर्षीय प्रवेश पोखरेल र मण्डनदेउपुर नगरपालिका ९‚ काभ्रे घर भई अहिले कागेश्वरी मनोहरा नगरपालिका ९‚ काठमाडौँ बस्ने ४५ वर्षीय ईश्वर राना छन्। दुवैलाई काठमाडौंका अलग-अलग […]