भक्तपुर क्यान्सर अस्पतालका पूर्वकार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले आफ्नो २७ महिने कार्यकाल उपलब्धिमूलक र आत्मसन्तुष्टिले भरिएको बताएका छन्। अस्पतालको कार्यकारी निर्देशकको जिम्मेवारीबाट बाहिरिएपछि सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव साझा गर्दै उनले सीमित स्रोत र साधनका बाबजुद बिरामीको हितमा थुप्रै नयाँ सेवाहरू विस्तार गर्न सफल भएको उल्लेख गरेका छन्।