चाडपर्वमा पनि विदेशमा ज्यान गुमाएका नेपालीको शव घरसम्म नि:शुल्क पुर्‍याइने

काठमाडौँ । दसैँ, तिहार र छठजस्ता प्रमुख चाडपर्वका बेला सार्वजनिक बिदा भए पनि वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका नेपाली श्रमिकको शव ढुवानी सेवा प्रभावित नहुने भएको छ । वैदेशिक रोजगार बोर्डले चाडपर्वको समयमा शोकमा रहेका परिवारलाई थप समस्या नपरोस् भन्ने उद्देश्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मृतक श्रमिकको घरसम्म शव नि:शुल्क पुर्‍याउने व्यवस्थालाई निरन्तरता दिने भएको हो […]