सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा ३०० रुपैयाँ र चाँदी २५ रुपैयाँले बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार ५०५ रुपैयाँ निर्धारण भएको छ […]