काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सञ्चार संस्थाका कार्यालय प्रवेशद्वारमा सवारी साधन राखी अवरोध सिर्जना गरिएको घटनाको निष्पक्ष छानबिन गरी संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ। पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा स्वतन्त्र, निष्पक्ष र भयरहित पत्रकारिता लोकतान्त्रिक व्यवस्थाको आधारभूत आवश्यकता भएको उल्लेख गर्दै प्रेस स्वतन्त्रताको संरक्षणप्रति पार्टी प्रतिबद्ध रहेको जनाइएको छ। […]