माइसंसारले दिएको संसार : भेटिएका साथीहरु, नभेटिएकी लुना

२१ वर्षअघि माइसंसार सुरु गर्दा मैले ब्लग लेखिरहेको थिएँ। तर थाहा नपाई–नपाई म एउटा आफ्नै संसार पनि बनाइरहेको रहेछु। आज फर्केर हेर्दा कहिलेकाहीँ आफैँलाई अचम्म लाग्छ, एउटा सानो ब्लगले मान्छेको जीवनमा यति ठूलो बाटो बनाइदिन सक्छ र? माइसंसार सुरु भएको २१ वर्ष भइसकेछ। त्यतिबेला न अहिले जस्तो फेसबुक थ