बाइकर र इन्फ्लुएन्सरको उपस्थितिमा सिएफमोटो २५० डुअल ईएफआई मोटरसाइकल सार्वजनिक

सीएफ मोटो को नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले बहुप्रतिक्षित सीएफमोटो २५० डुअल ईएफआई मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गरेको छ। राजधानीमा आयोजित कार्यक्रममा मोटरसाइकल पारखी, चर्चित बाइकर, सामाजिक सञ्जालका इन्फ्लुएन्सर, सञ्चारकर्मी तथा कम्पनीका अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कम्पनीका अनुसार एडभेन्चर शैलीका प्रवेशस्तरका मोटरसाइकलमध्ये निकै प्रतिक्षित मानिएको यो मोडललाई नेपाली बजारमा विशेष रूपमा लक्षित […]