नेपाल सरकारले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो अवस्थालाई नजिकबाट अनुगमन गरिरहेको जनाउँदै इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले आज जारी गरेको ‘एडभाइजरी’मा सम्बन्धित देशका सरकारी निकायहरूले जारी गरेका सुरक्षासम्बन्धी निर्देशन कडाइका साथ पालना गर्न अनुरोध गरिएको छ। पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै अनावश्यक आवतजावत नगर्न र आधिकारिक सूचनामा […]