काठमाडौँ। नेपाली कांग्रेसको विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका फेरि संशोधन गरिएको छ। बुधबार राति सवा १० बजे केन्द्रीय निर्वाचन समितिले कार्यतालिका पुन: संशोधन गरेको हो। निर्वाचन समिति संयोजक सीताराम केसीले निर्वाचन कार्यतालिका संशोधन गरिएको जानकारी दिएका छन्। संशोधित तालिकाअनुसार बुधबार राति ११:३५ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। मतदानको समय बिहीबार (माघ १ गते) बिहानै (राति) […]