काभ्रे। काभ्रेको बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। अरनिको राजमार्गस्थित पाँचखाल नगरपालिका ४‚ लामिडाँडामा बुधबार दिउँसो भएको दुर्घटनामा मोटरसाइकल चालक जुगल गाउँपालिका ५‚ सिन्धुपाल्चोकका २८ वर्षीय सुशील आलेमगरको मृत्यु भएको प्रहरीले जनाएको छ। अरनिको राजमार्गअन्तर्गत धुलिखेल-दोलालघाट सडकखण्डमा धुलिखेलबाट दोलालघाटतर्फ जाँदै गरेको बा.प्र ०२-०३० प ८०१३ नम्बरको मोटरसाइकल र बाह्रबिसेबाट काठमाडौँतर्फ आउँदै गरेको […]