जनकपुरधाम घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण, निष्पक्ष छानबिनको माग

जनकपुरधाममा भएको प्रहरी छापा प्रकरणप्रति नेपाल सुनचाँदी व्यवसायी महासंघले गम्भीर ध्यानाकर्षण जनाएको छ। मिति २०८२ असोज ३१ गते शुक्रबार धनुषा जिल्ला प्रहरी कार्यालयले जनकपुरधाम उपमहानगरपालिका–५ स्थित संजय पायल ज्वेलर्स मा “अवैध कारोवार भइरहेको” आशंकामा छापा मारेको थियो। उक्त क्रममा देखिएको प्रहरी कार्यशैली र उत्पन्न घटनाक्रमप्रति महासंघले आपत्ति जनाउँदै छानबिनको माग गरेको हो। महासंघले विज्ञप्तिमा उल्लेख […]