गोरखा । बुढीगण्डकी नदीमा आएको बाढीले पुलमा क्षति पुर्याएपछि अवरुद्ध बनेको गोरखा र धादिङ जोड्ने आरुघाटको सडक सम्पर्क पुनः सञ्चालनमा आएको छ। नेपाली सेनाले बाढीले क्षति पुर्याएको स्थानमा बेलिब्रिज जडान गरेपछि आवागमन सहज बनेको हो। असोज २५ गते बुढीगण्डकी नदीमा आएको बाढीले आरुघाटस्थित पक्की पुलको गोरखातर्फको २२ मिटर खण्ड बगाएको थियो। पुलमा क्षति पुगेपछि गोरखा […]