घरजग्गा र सवारी कारोबार सुस्ताउँदा मधेस प्रदेशको राजस्व लक्ष्यभन्दा धेरै पछाडि

मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यको ७० प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको छ। प्रदेश सरकारले गत आर्थिक वर्षमा कुल ३२ अर्ब ८८ करोड ६० लाख ११ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार उक्त राजस्वमध्ये पाँच अर्ब ७६ करोड ५६ लाख २४ हजार रुपैयाँ आन्तरिक राजस्वबाट प्राप्त भएको हो। […]