काठमाडौं– काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१३ चुनीखेलमा लागेको आगलागीबाट भएको क्षतिको विवरण संकलनकार्य सुरु गरिएको। गएराति करिब ११ बजे विद्युत् सर्ट हुँदा चुनीखेल बस्तीमा रहेका दुईवटा जस्ताको टहरामा आगलागी भएको र तीन घण्टापछि आज बिहान उक्त आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीले जानकारी दिए। उनले भने, ‘विद्युत् सर्ट हुँदा आगलागी भएको […]