नेपाल राष्ट्र बैंकले यस रेमिट प्रा. लि. को इजाजतपत्र रद्द गर्ने तयारी गरेको छ । कम्पनीले इजाजतपत्र रद्द गरिपाउँ भनी राष्ट्र बैंकमा निवेदन दिएपछि राष्ट्र बैंकले इजाजतपत्र रद्द गर्ने तयारी गरेको हो ।राष्ट्र बैंकबाट विप्रेषणसम्बन्धी कारोबार गर्न इजाजत प्राप्त यस रेमिट प्रा. लिले गरेको विदेशी मुद्रा कारोबारबाट कुनै व्यक्ति वा संघ/संस्थासँग लेनदेन रकम बाँकी रहेको भए सो को जानकारी दिन राष्ट्र बैंकले आग्रह गरेको छ।लेनदेन बाँकि भए सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र राष्ट्र बैंकको विदेशी विनिमय ब्यबस्थापन विभागमा लिखित जानकारी दिन राष्ट्र बैंकले अनुरोध गरेको हो । तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा यस रेमिट प्रा. लिको विप्रेषणसम्बन्धी कारोबार गर्ने इजाजतपत्र रद्द भई बैंक ग्यारेण्टी समेत फुकुवा हुने राष्ट्र बैंकले जनाएको छ।