नर्भिक अस्पतालमा प्रधानमन्त्री देउवाको पाँच मिनेट

प्रधानमन्त्री शेरबहादुर देउवा शनिवार थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल पुगेका छन् । लामो समयदेखि मृगौलाबाट पीडित भई हाल नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत धनगढीका स्थायीबासी नरबहादुर बलायरलाई भेट्न प्रम देउवा पुगेका हुन् । शनिवार ११ः३७ मा नर्भिक अस्पताल पुगेका प्रधानमन्त्री देउवाले बलायरको स्वास्थ्य अवस्था र उपचारपछि भइरहेको प्रगति लगायतको विषयमा चासो दिएका थिए । करिब ५ मिनेट बलायर र उनका आफन्त तथा उपचारमा संलग्न चिकित्सक टिमसँग कुरा गरी प्रम देउवा फर्किएका थिए । धनगढीका ८१