काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले पार्टीका नेताद्वय विजयकुमार गच्छदार र मोहम्मद अफताव आलमको मुद्दाको फैसला नभएसम्म उम्मेदवारी सिफारिस रोक्न नसकिने बताएका छन् । आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले विचाराधीन मुद्दामा निष्कर्ष निकालेर यसै हो भन्न नहुने बताए । उनले सत्ता गठबन्धनभित्र भागबन्डा टुङ्गो नलागेसम्म टिकट वितरण नहुने समेत बताए ।