काठमाडाैं : नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले माधवकुमार नेपाल पक्षले गठन गरेको समानान्तर कमिटीमा बस्ने सबैलाई पार्टीले कारबाही गर्न सक्ने बताएका छन्। सोमबार प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रमुख सचेतक भट्टराईले समानान्तर कमिटी गठन गर्न उद्धत हुने र त्यो कमिटीमा बस्ने सबैलाई पार्टीले कारबाही गर्ने बताए।उनले भने, ‘जसरी हिजोका दिनमा केही नेतृत्वका व्यक्तिहरुलाई कारबाहीको प्रक्रिया अघि बढेको छ, अब यही तरिकाले जाने हो भने समानान्तर कमिटी गठन गर