नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडविरुद्धको लडाईमा नेपालले छिटो सफलता प्राप्त गरेको दावी गरेका छन् । अध्यक्ष ओलीले कोभिड संकटका बेला आफू नेतृत्वको सरकारले जनताको जीवन रक्षालाई पहिलो भन्ने नारा दिएर त्यसविरुद्धको लडाईमा धेरै मुलुकहरुले भन्दा बढी छिटो सफलता हात परेको बताए ।पुष्प वरुवाल स्मृति फाउण्डेशनले मंगलबार भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले अन्य देशले आर्थिक गतिविधिलाई पहिलो प्राथमिकता दिएपनि आफू नेतृत्वको तत्क