काठमाडौं : काठमाडौं उपत्यकामा हालसम्म १७ जनामा हैजाका बिरामी फेला परेका छन्। पानीको स्रोतबाट हैजा फैलिएको भन्दै स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ।
हैजाको पहिलो केस असार २ गते पुष्टि भएको थियो। काठमाडौंको बागबजार बसोवास गर्ने एकै परिवारका दुईजनामा हैजा देखिएको थियो। असार ३ गते ललितपुरको सानेपान-३ निवासीमा हैजा…