लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कूलप्रसाद केसीले संसद् छलेर अध्यादेशबाट ल्याएको बजेट संशोधन गरिने बताएका छन् ।
अघिल्लो शंकर पोखरेल नेतृत्वको सरकारले गलत मनसायबाट संसद् छलेर अध्यादेशबाट बजेट र नीति कार्यक्रम ल्याएको भन्दै त्यसलाई संशोधन गरिने उनले बताएका हुन् ।
‘सदनको सर्वोच्चतालाई अवहेलना गरी बजेट आएको हो । अघिल्लो सरकारले संसद्मा बजेट पेश गर्ने अनि भागेर अध्यादेशको बाटो रोज्यो । गठबन्धन सरकारको केन्द्रमा बनेजस्तै प्रदेशमा पनि साझा कार्यक्रम आउनेछन् बजेट संशोधन गर्छौं,’ केसीले पत्रकारहरूसँग ...