काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको उद्देश्य बिजुली निर्यात गर्ने नभएको बताउनुभएको छ ।
मङ्गलवार सुन्दर यातायात प्रालीले आयोजना गरेको विद्युतीय स्कुटर सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी निर्देशक घिसिङले यस्तो बताउनुभएको हो । उहाँले प्राधिकरणको मुख्य उद्देश्य भारतमा बिजुली निर्यात गर्ने नभइ नेपालभित्र नै खपत गर्ने पहिलो प्राथमिकता रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालमा उत्पादित बिजुली नेपालमा नै खपत गरी समृद्ध नेपाल बनाएर उज्यालो नेपाल बनाउने उद्देश्य साकार प...