सार्वजनिक हुँदै विप्लव, सरप्राइज दिने सरकारको तयारी

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीसँग अनौपचारिक रूपमा भित्रभित्रै वार्ता गर्दै आएको छ ।  सरकारी पक्षले वार्तालाई परिणाममुखी बनाउन भन्दै पहिले अनौपचारिक वार्ता गर्ने र त्यसपछि ठोस परिणाम नजिक पुगेपछि औपचारिक रूपमा एकैपटक ‘सरप्राइज’ दिने गरी रणनीति बनाउँदै आन्तरिक रूपमा नै वार्ता गरिरहेको उच्च स्रोतले जनाएको हो ।  यस बीच बालुवाटार  र विप्लव समूहबीच अनौपचारिक पत्र आदानप्रदान भइसकेको छ । आइतवार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र विप्लव समूह...