काठमाण्डाै - मंसिर ४ गते हुने चुनावका लागि हिजो पहिलो दिन ६ वटा पार्टीले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
नेपाल जनमत पार्टी, मौलिक जरोकिलो पार्टी, नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी, पुनर्जागरण पार्टी र जनता प्रगतिशील पार्टीले दर्ताका लागि आयोगको कार्यालयमा निवेदन दिएका हुन् । अरु दलहरुले पनि दर्ताको तयारी थालेका छन् । आयोगले यो महिनाको अन्तिमसम्ममा दल दर्ता गर्न सकिने जनाएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मिति तय भएसँगै दलहरु आन्तरिक तयारीमा जुटिसकेका छन् । प्रमुख प्रतिपक्षी दल ए...