नयनराज पाण्डेको ‘यार’ पद्मश्री पुरस्कार-२०७४ विजेता घोषित

साहित्यकार नयनराज पाण्डेको संस्मरणात्मक कृति ‘यार’ खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले वितरण गर्ने पद्मश्री पुरस्कार-२०७४ विजेता छनोट भएको छ। प्रतिष्ठानले आइतबार ‘यार’ सर्वोत्कृष्ट मनोनयनमा परेको घोषणा गरेको हो।