आरोपीले विशेषबाट सफाई पाएपछि सर्वोच्च गयो अख्तियार

काठमाडौं : घुस तथा रिसवत लिई भ्रष्टाचार गरेका ४ वटा मुद्दामा विशेष अदालतले आरोपीहरूलाई सफाइ दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।विशेष अदालतको फैसला चित्त नबुझेकाले आज सर्वोच्चमा पुनरावेदन दिएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।विशेष अदालतले ९६ हजार ३ सय रूपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएका आरोपी हुकुमबहादुर ओलीलाई सफाई दिएपछि अख्तियारले सर्वोच्चमा पुनरावेदन दिएको हो।अख्तियारले आरोपित र उजुरीकर्ताबीच भएको अडियो क