झापा : गौरादह नगरपालिका वडा नम्बर २ मा गठबन्धनबाट नेपाली काँग्रेसको प्यानल नै निर्वाचित भएको छ। वडाध्यक्षमा काँग्रेसबाट गोपालप्रसाद कोइरालासहित प्यानल निर्वाचित भएको हो। निकटतम प्रतिस्पर्धी नेकपा एमालेका डिल्लीराम काफ्लेलाई ७० मतान्तरले पछि पार्दै कोइराला वडाध्यक्ष जितेका हुन्।कोइरालाले १०६८ र काफ्लेले ९९८ मत ल्याएका छन् । त्यस्तै वडा सदस्यहरूमा गठबन्धनबाट काँग्रेसका शङ्करप्रसाद कट्टेल १०३०, उत्तमबहादुर बस्नेत ९५६, विमला बास्तोला १०६२ र अम्बिका बर्देवा १०६५ मत ल्याएर निर्वाचित भएक