कञ्चनपुर : हुलाकी राजमार्गको कञ्चनपुर खण्डको निर्माण कार्य अलपत्र परेको छ। पटक पटक म्याद थप गर्दा समेत पुनर्वासस्थित डोकेबजारदेखि बेलौरी–बेलडाँडी हुँदै वेदकोटस्थित दैजी जोड्ने हुलाकी राजमार्ग निर्माण गर्ने सम्झौता गरेका दुई निर्माण कम्पनीले समयमै काम नगर्दा कालोपत्रेको काम अलपत्र परेको हो।दक्षिणी क्षेत्रको मेरुदण्डका रुपमा लिइएको डोकेबजारदेखि बेलौरी—बेलडाँडी हुँदै दैजी जोड्ने हुलाकी राजमार्ग निर्माणका लागि २०७३ फागुनमा हुलाकी राजमार्ग योजना कार्यालयले दुईवटा निर्माण कम्पनीसँग सम्झौता