निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण रोक्ने फैसला पुनरावलोकन गर्नुपर्छ : प्रचण्ड

काठमाडौं :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण रोक्ने सर्वोच्च अदालतको फैसला पुनरावलोकन गर्नुपर्ने बताएका छन्।शनिबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्दै अध्यक्ष प्रचण्डले यो फैसला अनौठो र दुःखद रहेको टिप्पणी गरे।जंगल नै नभएको ठाउँमा जंगल भएको दावी गरिएको प्रति प्रचण्डले आश्चर्य व्यक्त गरे भने विमानस्थल बनाउन कयौ वर्षदेखि मेहनत खेर गएको जिकिर गरे।बिहीबार सर्वोच्च अदालतले ऐतिहासिक फैसला गर्दै निजगढमा विमानस