विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले कोशी नामको विरुद्धमा आन्दोलनरत पक्षको जायज मागलाई सम्बोधन गर्ने प्रतिवद्धता जनाएका छन्।विराटनगर स्थित मुख्यमन्त्रीको कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले प्रदेशको नामकरण प्रदेशवासीकै लागि रहेको बताउँदै प्रदेशको नाममा प्रदेशवासीको अपनत्व/स्वामित्व रहनुपर्छ भन्ने कुरामा कुनै दुईमत नरहेको बताए।नामकरणप्रति उत्पन्न प्रतिक्रिया, असन्तुष्टि र विरोधलाई वार्ता र संवादको माध्यमबाट सम्बोधन गर्नु प्रदेश सरकार र प्रदेशसभाको कर्तव्य रहेको समेत बत